संखुवासभामा पौडी खेल्ने क्रममा एकको मृत्यु

संखुवासभा / संखुवासभामा पौडी खेल्ने क्रममा एक जनाकाे मृत्यु भएकाे छ । खोटाङको दिप्रुङ चिचुम्बा गाउँपालिका-६ घर भई संखुवासभाको मकालु गाउँपालिका-५ मा रहेको अरुण थर्ड शाखा एस्.एम.राज कम्पनीका कामदार ३५ बर्षीय दिलिप थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हाे । शुक्रवार बेलुका साँढे ६ बजेको समयमा मकालु गाउँपालिका-५ मा रहेको राते खोलामा पौडी केल्ने क्रममा थापाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…