श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

उदयपुर / उदयपुरको बेलका नगरपालिका-५ का तिर्थ आले मगरले श्रीमतीलाई कुटपिट गर्दा बर्ष ३० कि मन्जु आले पुलामि मगर मृत्यु भएको छ ।

सोमबार राती १० बजेको समयमा घरायशी बादबिबादका कारण श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाईते भएकी मनजुको उपचारको क्रममा धरानको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा ल्याइएकाे थियाे ।

उपचारकाे क्रममा राती साढे ११ बजे उनकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

घटना पश्चात श्रीमानलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको समेत उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…