दसैको टिकाको दिन श्रीमती र छोराको हत्या,बाकसमा भेटियो शव

इटहरी । टिकाकै दिन सुनसरीको इटहरी १७ स्थित पकलीको एउटा परिवारमा दर्दनाक घटना घटेको छ । आफ्नै श्रीमती र ६ वर्षिया कलिली छोरी मारेर एक जना व्यक्ति झुण्डिएका छन् । दशैंको टिकाकै दिन घरभित्रै एकै परिवारका तीन जनाको शव भेटिएको छ । राकेश शर्मा झुण्डिएको अवस्थामा फेला परेका छन् भने उनकी श्रीमती पुनमको लास टिनको बाकसभित्र भेटिएको छ । यस्तै छोरी स्वस्तीकाको लास बोराभित्र पाइएको छ । श्रीमती र छोरीसहित घरमा बस्दै आएका श्रीमान राकेश झुण्डिएको अवस्थामा उनकै १२ वर्षिय छोराले देखेका थिए ।
इलाका प्रहरी कार्यलय पकलीका इन्स्पेक्टर जितेश दाहालले घट्ना दर्दनाक भएको कारण अनुसन्धान गर्ने क्रम भईरहेको बताए । किन आफ्नै छोरी र श्रीमती मारेर झुण्डिए हामी यस विषयमा अनुसन्धान गदै छौ इन्स्पेक्टर दाहालले भने ।

नजिकै रहेको हजुरबुवाको घरमा बस्दै आएका उनी दशैंको टिका लगाउन बुवालाई बोलाउन आएका थिए । झ्यालबाट हेर्दा बुवा झुण्डिरहेको भेटेपछि उनलाई तत्कालै धरानस्थिन वीपी प्रतिष्ठान पुर्याइएको थियो । त्यहाँ अस्पतालले मृत घोषित गरिदिएपछि घरमा ल्याएर टिनको बाकस खोलेर हेर्दा श्रीमती पुनमको लास भेटिएको थियो भने छेउमै बोरामा बाँधेको अवस्थामा ६ वर्षिया छोरी स्वस्तीकाको लास भेटिएको सुनसरीका डिएसपी विनोद शर्माले बताए ।

श्रीमती पुनमको टाउकोमा धारिलो हतियारले प्रहार गरेर र छोरी स्वस्तीकाको मुन्टो बटारेर मारेको हुनसक्ने अनुमान गरिएको छ । लामो समयदेखि राकेश र पुनमबिच घरायसी विवाद थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको डिएसपी शर्माले बताए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…