शरिरमा आगो सल्किदा महिलाकाे मृत्यु

ईलाम / ईलाममा शरिरमा आगो सल्किदा महिलाकाे मृत्यु भएकाे छ । रोङ गाऊपालिका ३ मार्से कि ४८ बर्षीया मन माया राईको आगोले जलि मृत्यु भएको हाे ।

सोमबार दिउसो ११ बजे उनि आफनै भान्सा कोठामा चिया लिन जाने क्रममा गाईको खोले पकाउने चुलोमा उनिले लगाईएको कटनको कपडामा आगो सल्किए पछि उनी घाईते भएकी थिइन् । उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड झापा लगिएको थियो ।

उक्त अस्पतालमा उपचार हुन नसके पछि राती करिब ९ बजे थप उपचारको लागी मेचि अंचल अस्पताल भद्रपुर लगिएकाे थियाे । राईको उपचारका क्रममा मेचि अंचल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया