विराटनगरमा ०.४ मिलिलिटर वर्षा

विराटनगर / विराटनगर महानगरपालिकाभित्र बिहीबारसाँझ ०.४ मिलिलिटर वर्षा भएको छ । साढे ६ महिनादेखि खडेरी खेपिरहेको विराटनगरमा एक्कासि गड्याङ्गुडुङसहित सामान्य वर्षा भएको हो । सामान्य पानी पर्दा विराटनगरमा केही राहत र शीत्तल महसुस भएको थियो । पानी नपर्दा धुलो र धुवाँले जनजीवन नराम्ररी प्रभावित बनाइरहेको थियो ।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरले पछिल्लो समय परेको पानीले पनि त्यति प्रभावकारी काम गरेन । वर्षा फाट्टफुट्ट र सामान्य मात्रै भएको कार्यालयका प्रमुख विकाश देउजाले बताए । बादलको ‘मुभमेन्ट’ हेर्दा वर्षा हुन्छजस्तो नदेखिए पनि एक्कासि गड्याङ्गुडुङ्सहित सामान्य ढंगले १५ मिनेटजति पानी प¥यो । देउजाका अनुसार गत असोज ८ यता विराटनगरमा प्रभावकारी वर्षा हुन सकिरहेको थिएन ।

सामान्य वर्षा भए पनि प्रभावकारी वर्षा भने कमजोर मौसम प्रणालीका कारण हुन नसकेको उनले बताए । झन्डै दुई सातादेखि विराटनगरको आकाश पनि खुल्न सकेको छैन । आकाश धुम्म हुँदा घामको प्रकाश पनि राम्ररी पृथ्वीमा परिरहेको छैन । पश्चिमी वायुको सामान्य प्रभावले हल्का वर्षा गराए पनि प्रभावकारी भने नभएको वातावरणविद् रामचन्द्र अधिकारीले जानकारी दिए । पश्चिमी वायुलाई असर गर्ने खालको पूर्वी हावाको प्रभाव धेरै भएकाले लामो समयसम्म र ठूलो वर्षा हुन नसकेको उनको भनाइ छ । उनले लामो समयदेखि पानी नपर्दा सिंगो जैविक संसारमै ठूलो प्रभाव र असर परिरहेको बताए ।

तपाईको प्रतिक्रिया