विराटचोकमा महिलाहरुको उद्घोषण तालिम सुरु

विराटचोक ।  मोरङको विराटचोकमा दुई दिवसीय उद्घोषण तालिम महिला दिदीबहिनीहरुको सहभागितामा शुक्रबारदेखि सुरु भएको छ । यहाँको पाथिभरा स्वतन्त्र महिला समाज सुन्दरहरैँचा १० को आयोजनामा सो तालिम सञ्चालनमा आएको हो । कोसीहरैँचा उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमका बीच उद्घोषण तालिमको शुभारम्भ गरिएको छ ।

महिला दिदीबहिनीहरुको क्षमता विकासका लागि ७ ओटा ग्रुप विभाजन गरेर उत्कृष्ट शैलीमा उद्घोषण तालिम सञ्चालन गरिएको हो । ६५ जना अवसरको खोजीमा रहेका महिला दिदीबहिनीहरुको सामूहिक सहभागितामा भएको उद्घोषण तालिम प्रशिक्षक मन्जरी घिमिरेबाट भएको छ । “पाथिभरा स्वतन्त्र महिला समाजको चाहना, समुन्नत तथा आदर्श समाजको स्थापना” भन्ने नाराका साथ स्थापना भएको यस संस्थाले समाजमा विविध उल्लेखनीय कार्य गर्दै अघि बढ्न सफल भएको महिला समाजकी सहसचिव सुनिता पोख्रेलले बताइन् ।

समाजमा राम्रो काम गरेर अघि बढ्न चाहने महिला दिदीबहिनीहरुलाई अवसर प्रदान गरी क्षमता अभिवृद्धिका साथ सिप तथा कलाको थप विकासमा पहल गर्ने उद्देश्यले उद्घोषण तालिम सञ्चालनमा आएको पाथिभरा स्वतन्त्र महिला समाजकी अध्यक्ष प्रमिला दुलालले बताइन् ।

तपाईको प्रतिक्रिया

×