विराटचाेक घिनाघाट सडककाे मुख्य मन्त्री राईले गरे अनुगमन

सुन्दरहरैंचा / प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशकाे राजधानी विराटनगरलाई जोड़ने गौरवको योजनाका रुपमा बनि रहेकाे विराटचोक घिनाघाट फोरलेन सडकको एक टोलिका साथमा अनुगमन गरेका छन् । मुख्य मन्त्री राईलाई सडक अनुगमनमा देख्दा स्थानीय जनताले खुशी भएर स्वागत गरेका थिए । फोरलेन बाटो बन्दै गर्दा आसपासका जनताहरु निकै खुशी समेत देखिन्छन् । प्रदेश सरकारले विराटनगर राजधानी जोड्ने मुल सडकको रुपमा विराटचोक घिनाघाट बाटोलाई अघि बढाएको छ । १ अर्ब ४० करोडको लगानीमा बन्दै गरेको २२ किलोमिटर सडकको २०७६ भदौ २३ गते मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए । २ बर्षे ठेक्का सम्झौतामा गत भाद्र २३ गते शिलान्यास भएको उक्त आयोजना पाँच महिना बित्दा नबित्दा करिब ३५ प्रतिशत काम भएको छ । प्रदेशकाे राजधानी बिराटनगरको मुल प्रवेशद्वारको रुपमा घोषित उक्त सडकले धुवाँ धुलो रहित ढङ्गले छोटो समयमा राजधानी जान आउन निकै सहज हुने स्थानीयहरुकाे भनाइ छ । फोरलेन सडक निर्माण भए पछि प्रदेश सरकारले परिकल्पना गरेको अत्याधुनिक बृहत् बिराट क्षेत्रको आधार समेत तय हुने देखिन्छ ।

मुख्य मन्त्री राईले सडककाे अनुगम पछि सञ्चारकर्मीकाे प्रश्न तथा जिज्ञाषाकाे जवाफ समेत दिएका थिए । उनले प्रदेशको याे पहिलो तथा गौरवको आयोजनाकाे काम रहेकोले विराटचाेक घिनाघाट सडकलाई नमुना कार्यकाे रुममा लिएको साथै काम राम्रो रहेको प्रतिक्रीया दिए । निमार्ण भइरहेको कार्य प्रगति सन्तोसजनक भएको उनको भनाई थियो । मुख्य मन्त्री राईले काम यसरी छिटाे छरिताे रुपमा हुनु पर्छ भन्दै सडककाे निमार्णकार्य कुनै बहानामा नरोकिने बताए । उनले समयमै काम सम्पन्न गर्न जरुरी रहेकाे बताउँदै समय अवधि भित्रमा काम सम्पन्न गर्नेलाई प्रदेश सरकारकाे तर्फबाट सम्मान र कामकाे प्रशङ्सा समेत गर्ने बताएका थिए ।

आफ्नो क्षेत्रको बिकासमा लागी परेका सांसद राजकुमार ओझा तथा नगर प्रमुख शिवप्रसाद ढकालले सडक आसपासका जनताका समस्याहरुबारे मुख्य मन्त्री राईलाई ध्यानाकर्षण गराएका थिए । फोरलेन बाट‍ो भित्र पर्ने पुर्वाधारको व्यवस्थापन, ड्रेन निर्माण, बिधुत व्यवस्थापन सम्बन्धमा मुख्यमन्त्रीको ध्यानाकर्षण भएको थियाे । प्रदेश सरकारका भाैतिक पुर्वाधार बिकास राज्य मन्त्री अम्बिर बाबु गुरुङ, उधाेग वन तथा पर्यटन राज्य मन्त्री, भौतिक पुर्वाधार मन्त्रालयका सचिव राजेश घिमिरे, सिनियर डिभिजन इन्जिनियर सुशील श्रेष्ठ, स्थानीय निकायका विभिन्न जनप्रतिनिधिहरु, ठेकेदार तथा पत्रकार सहित मुख्यमन्त्रीले घिनाघाट देखि बिराटचोक सम्मका विभिन्न स्थलहरुको अनुगमन गरेका हुन् ।

श्रेष्ठ निर्माण कम्पनी तथा श्रेष्ठ रमण एपेक्स जेवीसँग निर्माण कार्य सम्झौता भएको बिराटचोक-घिनाघाट सडक २०७७ असार मसान्त सम्म काम सम्पन्न हुने भनिएकाे छ । विराटचाेक घिनाघाट सडकमा रहेका रुख पोल , पाइप तथा पानीकाे कुलाेले काम तिव्र गतिमा गर्न अवराेध भएको निर्माण कम्पनीले बताएको छ । अहिले सडककाे भागमा दुवै तर्फको ड्रेन निर्माण गिरी. माटो, भराेट पुर्ने र ससाना पुल निर्माण गर्ने काम भइरहेको कम्पनीले बताएको छ । मुख्य मन्त्री राईले विराटचाेक घिनाघाट सडककाे अनुगमन पछि विराटचाेकमा बन्दै गरेकाे अत्याधुनिक सुविधा सम्पन्न सार्वजनिक शाैचालयकाे समेत अनुगमन गरेका थिए ।

तपाईको प्रतिक्रिया