विभिन्न घटनामा पर्सामा ५ को मृत्यु

बीरगन्ज / विभिन्न घटनामा परि पर्सामा ५ जनाको मृत्यु भएको छ । सोमबार साझ बीरगन्ज महानगरपालिका १४ निवासी राजाराम जलानको निर्माधिन घरको जगका लागि खाल्टो खनिने क्रममा माटोले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्ला बिश्रामपुर गाउपालिका ५ इटियाही निवासी दशरथ पण्डित र परवानीपुर गाउपालिका ४ निवासी जवाहिर रामको मृत्यु भएको हो । दुबै जना घर बनाउने कामदार रहेको प्रहरीले जनाएको छ ।
पर्साको पकाहा मैनपुर गाउपालिका २ सुर्याहा टोलमा १० वर्षिय बालकको पोखरिमा डुबेर मृत्यु भएको छ । स्थानिय बिनोद महतोको १० वर्षिय छोरा क्ुन्दन दास विधालयबाट फर्किएर पोखरिमा नुहान लागेको अवस्थामा डुबेर मृत्यु भएके प्रहरीले जनाएको छ ।

यसैगरि पर्साको विन्दवासनी गाउपालिका २ गर्दौलमा एक महिलाको पासो लगाई झुण्डीएको अवस्थामा शव बरामद भएको छ । गर्दौल निवासी चान्सी पटेलको २५ वर्षिय श्रीमती रमिता देवीको शव झुण्डीएको अवस्थामा बरामद भएको पोखरिया इलाका प्रहरी कार्यालयका निरिक्षक मछिन्द्र केसीले जनाए ।
यस्तै बीरगन्ज महानगर २१ बाट एक युवतीको शव झुण्डीएको अवस्थामा फेला परेको छ । स्थानिय सिकेन्द्र साहकी १४ वर्षिय छोरी निलमको झण्डीएको अवस्थामा शव बरामद भएके जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्सामा पछिल्ला केहि दिन यता आत्महत्याको घटना बढेको छ । वितेको एकमहिनामा ११ जनाले आत्महत्या गरेको प्रहरी तथ्या¬मा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

Loading…