विप्लवका कार्यकर्ताले गरे गाँउपालिकामा आगजानी

कालिकोट / नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले कालिकोटको नरहरीनाथ गाँउपालिकामा आगजानी गरेका छन् । गएराती ठुलो समुहले गाँउपालिका कार्यालयका साथै दुई वटा वडा कार्यालयमा समेत आगजानी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख बिनोद शर्माले बिप्लव समुहका कार्यकर्ताहरुले गएराती एक बजेतिर नरहरीनाथ गाँउपालिकाको कार्यालयको प्रमूख प्रशासकिय अधिकृतको कार्यकक्षमा पेट्रोल खन्याएर आगजानी गरेको जानकारी दिएकाछन् ।

उनका अनुसार गाँउपालिकामा भएको आगजानी प्रहरी र स्थानिय नागरिकहरुले नियन्त्रणमा लिएको बताए । आगजनीबाट गाँउपालिकाको भौतिक तथा अन्य अभिलेखहरु नष्ट भएको छ । गाँउपालिकाको वडा नं. ६ माल्कोट कार्यालय र वडा नं. ५ रुप्सामा रहेको वडा कार्यालयका कागजातहरु पनि जलाएको प्रहरीले जनाएको छ ।

प्रहरीले बिप्लव समुहका नेता तथा नन्दादेवी माविका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बिकको नेतृत्वमा आएको टोलीले नरहरीनाथ गाँउपालिकाका साथै दुई वडा कार्यालयमा रहेका कागजातहरु जलाएको जानकारी दिदैं आगजानीमा संलग्नहरुको खोजीकार्य भईरहेको बताएको छ ।

PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…