विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि ताप्लेजुङमा नमुना अभ्यास प्रर्दशनी

ताप्लेजुङ / विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्धेश्य सहित ताप्लेजुङमा प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन सम्वन्धि वृहत अभ्यास प्रर्दशनी गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाईटी र नयाँ रणभिम गुल्मको संयुक्त आयोजनामा शुक्रबार उक्त अभ्यास प्रर्दशनी गरिएको हो ।

नयाँ रणभिम गुल्मको खेल मैदानमा आगलागी, बाडी पहिरो लगायतका विपद्का घटनालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारे नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले नमुना अभ्यास गरेका थिए । उक्त अभ्यास प्रर्दशनीमा जनप्रतिनिधि, सरोकारवाला संघसस्थाका प्रतिनिधि लगायतलाई उपस्थित गराईएको थियो ।

जिल्लामा वर्षेनी बढ्दै गएका विपद्का घटनालाई मध्यनजर गर्दै जोखिम न्युनिकरण र व्यवस्थापनका लागि सहयोग पुगोस भन्ने उद्धेश्यले जनप्रतिनिधिलाई समेत उपस्थित गराई उक्त नमुना अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो । यस अघि जिल्लामा हुने विपद्का घटनालाई न्युनिकरण गर्न र प्रभावकारी रुपमा व्यवस्थापन गर्नका लागि विपद् प्रतिकार्य योजना समेत बनाईएको थियो । पछिल्लो ५ वर्षमा भएका बाडी पहिरोका घटनाबाट ७० जना भन्दा धेरैले ज्यान गुमाएका छन् भने एक दशकको अवधिमा आगलागीका कारण अरबौँ रुपैँया बराबरको क्षति भएको रेडक्रस ताप्लेजुङले जनाएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पुर्कुटी पूर्वेली न्युजका ताप्लेजुङ सहकर्मी हुनुहुन्छ ।

सन्तोष पुर्कुटीबाट थप

पाथीभरा पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि आज पुलिस र आर्मी भिड्ने

ताप्लेजुङमा कार दुर्घटना, दुई घाईते (तस्विरहरू सहित)

ताप्लेजुङमा १६ वर्षिय बालिकालाई पटक पटक बलात्कार गर्ने तीन पुरुष पक्राउ

ताप्लेजुङ फक्ताङलुङबाट ९ थान भरुवा बन्दुक नियन्त्रणमा

पाथीभरामा चल्ने सवारी साधनमा भजन बाहेकका गीत बजाउन नपाईने

कर्तव्य ज्यान मुद्धामा ६ वर्षदेखि फरार अभियुक्त पक्राउ

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि ताप्लेजुङमा नमुना अभ्यास प्रर्दशनी

हिमपातका कारण ताप्लेजुङका उच्च क्षेत्रका बासिन्दा चिसोको मारमा, वर्षाले किसानलाई फाईदा

नेपाल विद्यार्थी संघद्धारा ताप्लेजुङमा ओलीको पुत्ला दहन सहित विरोध प्रर्दशन

अञ्जली लिम्बू बनिन् मेरिङदेन डान्स स्टार

तपाईको प्रतिक्रिया

Loading…