लोकसेवा आयोगमा एकघण्टा तालावन्दी

जलेश्वर / मधेश अधिकार संघर्ष समिति(मास) जनकपुरले आईतबार महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको लोकसेवा आयोग जनकपुर अञ्चल कार्यालयमा तालावन्दी गरेका छन् ।

लोकसेवा आयोगले स्थानीय तहको लागि निकालेको विज्ञापन खारेज गर्नुपर्ने माँग राख्दै मासले एक घण्टा लोकसेवाको कार्यालयमा तालावन्दी गरेका थिए । आयोगको पूर्वपट्टीको मेनगेटमा माससंग आवद्ध युवाहरुले दिउँसो साढे १२ बजेदेखि डेढबजेसम्म एकघण्टा तालावन्दी गरेको हो ।

मासका संयोजक सरोज साहको नेतृत्वमा आयोगमा तालावन्दी गरेका युवाहरुले संघीयता आइसकेपनि त्यसको वेवास्ता गर्दै आयोगले विज्ञापन निकालेको भन्दै त्यसको खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

संवैधानिक अधिकार सुनिश्चित गर, मधेश विरुद्धको विज्ञापन रद्द गर, संसदीय सर्वोच्चता कायम गर, पूर्ण समावेशी सिद्धान्त लागु गरलगायतका प्लेबोर्ड बोकी युवाहरुले एकघण्टासम्म तालावन्दीसहित धर्ना समेत दिएका थिए ।

युवाहरुले आयोग कार्यालयका प्रमुख तथा कर्मचारीहरुलाई तालावन्दी गर्ने जानकारी दिदै तालावन्दी गरेको जनाएको छ । सो अवसरमा मासका सदस्य सुशिल कर्णसहितका युवाहरुको सहभागिता रहेको थियो ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…