लायन्सद्धारा ह्विल चेयर वितरण

पथरी / मोरङको पथरीमा रहेको लायन्स क्लव अफ पथरी र लायन्स क्लव अफ योङहार्टले १ लाख ६० हजार मुल्य वरावरको ४ वटा ह्विल चेयर प्रदान गरेको छ । लायन्स क्लव अफ अन्र्तराष्ट्रियको सहयोगमा पथरीशनिश्चरे नगरमा रहेको दुई लायन्सको पहलमा शारिरिक रुपमा अशक्त रहेका नगरका ४ जनालाई ह्विल चेयर प्रदान गरेको हो ।

ह्विल चेयर प्राप्त गर्ने हरुमा वडा नम्वर ५ हसन्दहका ६३ वर्षीय मोहन प्रसाद दंगाल, वडा नम्वर २ का ७३ वर्षीय मनमाया विश्वकर्मा, वडा नम्वर ९ का ५५ वर्षीय कुल वहादुर धिमाल र वडा नम्वर ६ का २५ वर्षीय वशन्त रोक्का रहेको लायन्स क्लव अफ योङहार्टका अध्यक्ष लायन केदार बोहोराले वताए ।

स्थापना कालदेखी लायन्सले नगर क्षेत्रमा रहेका गरिवी निवारण, शैक्षिक बिकाशका क्षेत्रमा र अन्य सामाजिक क्षेत्रमा पनि कार्य गर्दै आएको र आउदा दिनमा समेत यस्तै कार्य अगाडी बडाउदै जाने लायन्सका अध्यक्ष उमेश खड्काले वताए ।

ह्विल चेयर वितरण कार्यक्रमको प्रमुख अथिति नगर प्रमुख दिलिप कुमार राईले लायन्सले गरेको कार्यले समाजमा सकारात्मक सन्देश बोकेको वताए । दुवै सस्थाले गरेको समाजिक कार्यमा हातेमालो गर्दै अगाडी बढ्न नगरपालिका तयार रहेको प्रमुख अथिति राई र विशिष्ठ अथिति नगर उप प्रमुख यमुना विष्ट वास्तोले प्रतिवद्धता जाहेर गरेका छन् ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

पुर्वाञ्चलकाे भेट्रान दमककाे फराकीलाे जित

तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगितास : बिर्तामोड भेट्रानलाई ० का बिरुद्ध ४ गाेल गर्दै उर्लाबारी भेट्रान बिजयी

दुई स्रष्टा सम्मानित

मोरङको पथरीशनिश्चरेमा ४ सय २० महिलाको क्यानसर परीक्षण

तपाईको प्रतिक्रिया

Loading…