लागू औषधसहित एक जना पक्राउ

उदयपुर / उदयपुरमा लागू औषध प्रयोग कर्ताको जमात बढ्दै गएको छ । बुधबार त्रियुगा नगरपालिका ११ गाईघाट स्थित ट्याम्पु चोकबाट एक जना लागूऔषध सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ बस्ने वर्ष २२ को विष्णु तामाङ रहेका छन् । उनलाई गस्ती टोलीले शंका लागि चेक जाँच गर्ने क्रममा निजको साथबाट डाईजोपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल, लुजिजेसिक ४ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीले बताए ।

Purbeli TV

तपाईको प्रतिक्रिया