रुवा पेल्ने मेशिन पड्कदा १ जनाको मृत्यु

ताप्लेजुङ / पुराना कपडा पेलेर रुवा बनाउदै हिड्ने भारत बिहारका ३० बर्षीय युनुष मियाको रुवा पेल्ने मेशीन पड्केर मृत्यु भएको छ । बिहिवार बेलुका ६ बजेको समयमा कपडा पेलेर रुवा बनाउन ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-१ मा पुगेका मिया सोही स्थानमा रुवा बनाउने क्रममा अचानक मेशिन पड्केर छर्राले लाग्दा निजको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…