रुखबाट लडेर बालकको मृत्यु

बैतडी / रुखबाट लडेर बैतडीमा आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलासैनी–१ परिगाउँका सात वर्षीय राजेन्द्र धामी रहेका छन् । आज बिहान घर नजिकैको वनमा लालीगुराँस टिप्ने क्रममा राजेन्द्र रुखबाट एक्कासि लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय मोहनसिंह धामीले बताउनुभयो ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…