रुखबाट लडेर एक जनाको मृत्यु

खोटाङ / खोटाङ हलेसी तुवाचुङ नगरपालिका १० पामे का ४९ बर्षीय तुल बहादुर मगरको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान ६ बजे मगरको घर नजिकै जङगलको भलायको रुखमा राखेको खरको घाँस निकाल्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।

घटनाको स्थलमा प्रहरी चौकी अर्खौले र ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया