राताेमाटाे खन्ने क्रममा ढिस्कोले पुरिएर २ काे मृत्यू ( भिडियाे तथा तस्विर सहित)

७ फागुन, संखुवासभा / संखुवासभा  मादी नगरपालिका – ४ स्थित घर पाेत्ने राताेमाटाे खन्ने क्रममा  ढिस्कोले पुरिएर  २ जानाकाे मृत्यु भएको छ । मृत्यू हुनेमा मादी नगरपालिका ४ बस्ने टीकामाया बिश्वकर्मा र उनकी बुहारी मनिषा बिश्वकर्मा रहेका छन् । घटना घटेकाे थाहा पाउने बितिक्कै स्थानियहरूले प्रहरीलाइ खबर गरेका थिए ।

अाइतबार बेलुका ४ बजे टीकामाया र उनकी बुहारी मनिषा घर पाेत्ने राताेमाटाे खन्ने क्रममा माटाकाे  ढिस्को खस्दा  दुबैजानाकाे घटनास्थलमै मृत्यू
भएकाे स्थानियहरूले जनाएका छन् ।

करिब ५० वर्षीय टीकादेवी शंकर र २० वर्षीया मनिषा विकको माटोले पुरिएर मृत्यु भएको हो । मृतकको लास चैनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको भए तापनि चिकित्सक आइनपुगेका कारण शवपरीक्षण हुन नसकेको इलाका प्रहरी कार्यालय, चैनपुरले जनाएको छ ।

PURBELI TV

तपाईको प्रतिक्रिया