रबि लामिछानेको समर्थनमा सुनसरीमा प्रदर्शन

सुनसरी / सुनसरीकाे इनरुवामा संचारकर्मी रबि लामिछानेको समर्थनमा र्याली निकालिएको छ ।पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणका अनुसन्धानकालागि पक्राउ गरिएका संचारकर्मीद्वय लामिछाने र युबराज कंडेलको विषयमा निष्पक्ष छानविन हुनु पर्ने माग उनिहरुको माग छ ।

न्युज २४ को कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रबि लामिछानेलाई सुनियोजित तवरमा फँसाउने प्रयास गरिएको भन्दै निष्पक्ष छानविनको माग गर्दै स्थानीयहरुले दबाब मूलक र्याली निकालेका हुन् । र्यालीले नगरको विभिन्न भागको परिक्रमा सहित कोणसभा गरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading…