रक्षाबन्धनको उपलक्ष्यमा भोली प्रदेश १ मा सार्वजनिक बिदा

बिराटनगर । प्रदेश १ सरकारले हिन्दुहरुको पर्व रक्षाबन्धनको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । संघ सरकारले रक्षा बन्धनको उपलक्ष्यमा सार्वजनिक विदा नदिएको अवस्थामा प्रदेश १ सरकारले प्रदेश १ को १४ वटै जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुब सुवेदीले भोली प्रदेशमा सार्वजनिक बिदा भउको बताए । भाइ–बहिनीको स्नेहको रुपमा यो पर्व र प्रत्येक वर्ष श्रावण महिनाको पूर्णिमाको दिन मनाइने गरिन्छ ।

तपाईको प्रतिक्रिया

Loading…