युवराजले लिए बेवारिसे नवजात शिशुको पालनपोषणको जिम्मा

 

बेलबारी । सोमबार बिहान मोरङको बेलबारी ४ स्थित देविथान सामुदायिक वनको झाडीभित्र बेवारिसे अबस्थामा फेला परेको शिशुलाई स्थानीय युवराज राईले पालनपोषणको जिम्मा लिएका छन ।

बेवारिसे अबस्थामा जंगलमा दाउरा लिन जाने क्रममा स्थानीय महिलालहरुले सो बच्चा (छोरी) लाई भेटाएका थिए । शिशुलाई आफ्नै सन्तानको बेलवारी ४ काकुमका राईले पालनपोषणको जिम्मा लिई लगेका छन ।

शिशुको शरिरमा कमिलाले टोकेर घाउ बनाएको र फोहोर मैला भएको अवस्थामा रहेको शिशुलाई जंगल गएका गाँउलेहरुले घरमा ल्याई नुहाई दिएर, दूध खुवाएर प्रहरीको जिम्मा लगाएका थिए । करिब ४ दिनको शिशुलाई बेलबारी प्रहरीले विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा लगी स्वास्थ्य परिक्षण गराएको थियो । शिशु स्वस्थ रहेको रिपोर्ट आएपछि राईले उनलाई घरमा ल्याई सन्तानका रुपमा राखेका छन ।

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

बेलबारीमा पहिलोपटक आदिबासी जनजातिको संस्कार र संस्कृति प्रर्दशनी ( तस्विरहरु सहित)

सुकुना क्याम्पसमा काँग्रेस र नेकपाको शत्ति प्रर्दशन, बिद्यार्थीको भविश्य कता ?

प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर

हिँउदे अधिबेशनले तोक्ला त प्रदेश १ को नाम र राजधानी ?

आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

आदिबासी जनजातिमा सुचिकृत गर्न कुलुङ जातिको माग

यसकारण पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाँउमा उपर्युक्त

भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

अर्ना विनाको सुनसान र खल्लो कोशी टप्पु

अन्यौलमा प्रदेश १ को नाम र राजधानी

तपाईको प्रतिक्रिया

Loading…