मोवाईल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

उदयपुर / उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएकाे छ । कटारी नगरपालिका ४ सिम्ले बस्ने ३९ बर्षीया मन कुमारी मगर दनुवारको करेन्ट लागी मृत्यु भएको हाे ।

सोमबार बेलुका साढे ५ बजे घरमा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागी घाईते भएकी उनको उपचारको लागी शान्ति हेल्थकेयर मिर्चैया सिरहा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया