मोरङको सुन्दरहरैचामा अवैध रुपमा गिट्टी ढुवानी गर्ने टिपर नियन्त्रण

मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिका ७ बेलाछीबाट प्रहरीले अवैध रुपमा गिट्टी ढुवानी गर्ने दुई वटा टिपरलाई नियन्त्रणमा लिएको छ। भ्याट बिल लगायतका आवश्यक कागजपत्र नबोकी गिट्टी ढुवानी गर्दै गरेको अवस्थामा ना ६ ख ६०२ र को १ ख ५७२४ नम्बरको टिपरलाई प्रहरी चौकी गछियाबाट खटिएको टोलीले आइतबार बिहान नियन्त्रणमा लिएको हो। बरामद सवारी साधनहरु आवश्यक कारवाहीका लागी सम्बन्धित निकायमा बुझाइएको उक्त कार्यालयले जनाएको छ।

Purbeli TV

तपाईको प्रतिक्रिया