मोरङको बेलबारीमा दुर्घटना, एक पुरुषको मृत्यु

विराटनगर / पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा मंगलबारसाँझ दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डीएसपी सुमनकुमार तिमल्सिनाका अनुसार पहिचान नखुलेको सवारी साधनको ठक्करबाट अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको पनि पहिचान हुन सकिरहेको छैन । सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएको अवस्थामा ती पुरुषलाई साँझ ७:३० बजेतिर भेटिएको थियो ।

उपचारका लागि बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा भर्ना गरिएको केही बेरमै घाइतेको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना गराउने सवारी साधनको खोजी थाल्दै मृतकको पहिचानको प्रयास भइरहेको छ ।

तपाईको प्रतिक्रिया