मोरङको उर्लाबारीबाट १० जुवाडे पक्राउ

विराटनगर / मोरङको उर्लाबारीबाट १० जुवाडे पक्राउ परेका छन् । मोरङ उर्लाबारी – ५ स्थित होटल सम्राटबाट सोमबारराति १० जना जुवाडेलाई प्रहरीले पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पथरीशनिश्चरेका आकाश थापा, नगेन्द्र लिम्बू, उर्लाबारीका सन्तोष राई, कृष्ण अधिकारी, दिनेश थापा, सञ्जीव गिरी, जाइतो चेम्जोङ, असोक राई, मोहन कटुवाल र विकास राई छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुभाश राईले पक्राउ परेका सबै जना विरुद्ध जु्वा ऐन अन्र्तगत मुद्धा दर्ता गरेर कारबाही अघि बढाइने बताए ।

राति साढे १२ बजे होहल्ला र झगडा भइरहेको सूचना आएपछि प्रहरी निरीक्षक राईको नेतृत्वमा पुगेको टोलीले होटलमा पुगेर छापा मारेको हो । पक्राउ परेकाहरुको साथबाट तीन लाख ३७ हजार रुपैयाँ रकम र पाँच बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…