मुसहर बस्ती कमल बितरण

पथरी / मोरङ पथरीशनिश्चरे वडा नं. ६ का वडाध्यक्ष जयबहादुर तामाङ आफ्नो वडामा भएका मुसहर बस्तिको निम्ति कमल बितरण गरेका छन । आफ्ना ब्यावसारी मित्रहरुको सहयोगमा तामाङले ४० थान कमल मुसहर बस्तीमा बितरण गरेका हुन । मगलबार एक कार्यक्रमका बिच सो कमल नगर प्रमुख दिलिप कुमार राईले बितरण गर्नु भएको थियो । यस अघिनै अध्यक्ष तामाङले वडा र नगरको सहकार्यमा सोलर बत्ती, शौर्य चुलो, शैक्षिक सामाग्री बितरण गरि सकेका छन ।

मुसहरको मुहारमा मुस्कान ल्याउछन वडाध्यक्षले जाडोको लागि मुसहरको निम्ति न्यानो अभियान सुरु गरेको र यसलाई आउदा दिनमा समेत सुचार गर्दै जाने बताउनु भयो । उहाले सो कार्यले घरमा भएका पुराना लुगा के गर्ने र काहा ब्यवस्थापन गर्ने भन्ने समस्या पनि समधानहुने भएकाले घर घर बाट पुराना लुगा संकलन गरेको सहयोगी कमल गोयालले बताए । तामाङको अभियानमा देखेर धरानका मनोज अग्रवाल नगद २० हजारको कमल प्रदान गरेका थिए भने धरानका ब्यावसायी तथा बिपासेन योग ध्यानका गुरू कमल गोयालले धरानका घर घरमा गएर पुराना तथा प्रयोग गर्न मिल्ने लुगा संकलन गरि सहयोग गरेका छन ।

जनताको हितमा काम गर्ने तामाङ पथरीशनिश्चरे नगरपालिका ६ बाट स्वतन्त्रमा जित्ने एक मात्र उमेदवार हुन । वडाध्यक्षले नगरमा नै गौरव गर्नुपर्ने काम गरेको भन्दै वडामा भएका यस्ता विपन्न परिवारलाई भुइमै सुत्नुपर्ने बाध्यता नहोस भनेर चाडैँ नै नगरका तर्फबाट खाटको व्यवस्थापन गरिने नगर प्रमुख राईले बताए । कार्यक्रममा सामाजिक विकास शाखा संयोजक तथा वडा नं. ७ का अध्यक्ष कपिलमणि ढकाल, नगर स्वास्थ्य संयोजक मुरारी आचार्य, समाजसेवी कृष्ण बस्नेत, काजीमान थापा लगाएत दर्जनौँको स्थानीयको उपस्थीति रहेको थियो । न्यानो कपडा पाएपछि उनिहरुले खुसी व्यक्त गर्दै तामाङलाई देउतै पाएको भन्दै धन्यवाद दिएका थिए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

पुर्वाञ्चलकाे भेट्रान दमककाे फराकीलाे जित

तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगितास : बिर्तामोड भेट्रानलाई ० का बिरुद्ध ४ गाेल गर्दै उर्लाबारी भेट्रान बिजयी

दुई स्रष्टा सम्मानित

मोरङको पथरीशनिश्चरेमा ४ सय २० महिलाको क्यानसर परीक्षण

तपाईको प्रतिक्रिया

Loading…