मापसे गरेको तालमा महिला ट्राफिकमाथि दुव्र्यवहार

धरान / महिला ट्राफिक प्रहरीलाई दुव्र्यवहार गरेको भन्दै प्रहरीले दुई युवालाई प्रक्राउ गरेको छ ।महिला ट्राफिक प्रहरी सावित्रा रेग्मीलाई दुव्र्ययार गर्ने धरान १५ का टिकाराम रसाइली र तारा दर्नालला उनीहरुले चलाएको को ११ प ८८७२ नम्बरको मोटरसाइकलहिर्त धरान प्रहरीले हिजो राति ८ बजे प्रक्राउ गरेको हो ।

धरान १३ जिरो प्वाइन्टबाट मापरे गरेर मोटरसाइकल चलाएर धरान १५ तर्फ आउदै गर्दा धरान २ वडा प्रहरी कार्यालय अगाडि रोकिराखेका वडा प्रहरी कार्यालयमा गस्तीमा प्रयोग गर्ने बा १ झ ९०९८ नम्मरको सवारी साधनमा ठक्कर दिएका थिए ,।

ठक्कर पश्चात चेकिङ्गमा बस्नु भएकी जिल्ला ट्राफिक प्रहरी कार्यालयकी महिला ट्राफिक सावित्रा रेग्मीले लाइसेन्स, .ब्लुब्क माग्ने क्रममा ती युवाले प्रहरी जवान सावित्रालाई ठेलठाल गर्ने प्रयास गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखिएका छ भने उनीहरुले प्रयोग गरेको मोटरसाइकल भने ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुलाई महिलामाथि गरेको अभद्र व्यवहारमा कानुनी कारबाही अगाडि बढाइने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले बताउनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया