माटोको दियो विक्री घट्यो : विधुतीय समानहरुले गर्दा कुम्हारहरुको पेशा संकटमा

धरान / तिहारका समयमा माटोका दियोको सट्टा झिलीमिली बत्तीको प्रयोग बढ्न थालेपछि माटोको दियोको प्रयोग विस्तारै हराउन थालेको छ । विगतमा विद्युतीय बत्ती नहुदा अत्याधिक विक्री हुने माटोको दियो विक्री हुन छाडेपछि व्यवसायीहरु समेत विस्तारै अर्को व्यवसायतर्फ विस्थापित हुन थालेका छन् ।

धरानमा विगत १० बर्ष भन्दा बढी माटामा सामाग्री विक्री गर्दै आउनु भएकी कौशिला चौधरीले तिहारको समयमा माटोका साामग्री विक्री नभए पनि अन्य बेला थोरे थोरै भएको विक्रीले धान्ने गरेको बताउनुभयो । उहाले तिहारमा दियोका प्रयोग प्राय : शून्य भएपनि मरिमराउ, विभिन्न प्रकारका पूजा, पुराणमा प्रयोग भएकै कार्ण जसोतसो टिक्न सकिएको उहाको भनाई छ । चाडपर्व मनाउने तौरतरिकामा समेत आधुनिकतातर्फ उन्मुख हुदा दियोको साटो विद्युतीय बत्तीको प्रयोग बढ्दा आफूहरुको व्यवसाय धरासायी बन्दै गएको उहाको भनाई छ ।

त्यसो त माटोको दियो भन्दा प्रयोग गर्न सजिलो, जोखिम कम हुने भएका कारण सर्वसाधारणहरु विद्युतीय बत्तीमा आकर्षित भएको बताउछन् सर्वसाधारण । धरान ९का प्रज्ञा बस्नेतले हावापानीकोबाट पनि डर नहुने, घरमा दियोका कारण हुने विपत्ति पनि नआउने र चलाउन सजिलो भएकै कारण माटोको दियोको प्रयोग छाडेका बताउनुभयो । उहाले परम्परााई धान्ने भन्दा पनि देखासिकी, विजुलीको पहुच पनि जताततै पुगेका कारण पनि अहिले माटोको दियो विस्थापित भएको उहाको भनाई छ ।

विगतमा नेपालमा बनाइएका माटाका सामाग्रीले नपुगेर भारतबाट समेत आयात गर्नुपर्ने अवस्था रहेको सुनाउने व्यवसायीहरुले अहिल भने विक्री हुनै छाडेपछि व्यवसाय नै परिवर्तन गर्ने सोचमा उनीहरु पुगेका छन् । उनीहरुको व्यवसाय पहिलाकै जस्तो बनाउन अब सबैल परम्परालाई धान्ने नीति सरकार्ले ल्याउन जरुरी छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका सिनियर सह सम्पादक हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

आइपास नेपालद्वारा प्रदेशका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री प्रदान

धरान स्थित बीपी प्रतिष्ठानबाट १८ काेराेना संक्रमित निको भएर घर फर्के

धरानमा एक यूवकद्वारा ब्लेडले आफ्नै घाटी रेटेर आत्महत्या प्रयास

बीपी प्रतिष्ठानको लापारबाहीको पराकाष्ठा : झापा कचनकवजका २७ काेराेना संक्रमितलाई प्रतिष्ठानले भर्ना लिन मानेन, संक्रमित रातभर गेट बाहिरै

धरान स्थित विजयपुरमा झडप हुदा तीन जना घाइते

धरानमा १५ बर्षीय नाबालिकालाई विवाह गर्छु भन्दै बलात्कार गरेको आरोपमा ठटाल प्रक्राउ

धरानमा एक जनामा कोरोना संक्रमण भेटियो, शिबधारा क्षेत्र सिल गरिदै

धरानमा लुकाई राखेको हतियार सहित एक प्रक्राउ

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै भेडेटारमा कडाइ

धरानमा यसरी मनाइयाे २५६४ औ बुद्ध जयन्ती

तपाईको प्रतिक्रिया

Loading…