महोत्तरीकाे भूमिगत पानी रित्तिँदै

जलेश्वर / महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको वडानं. २ मा डेरा लिएर बस्दै आउनुभएका नविनकुमार नवललाई नुहाउन अहिले समस्या भएको छ । जलेश्वरमा अहिले दैनिक ३८ डिग्रीदेखि ४२ डिग्रीसम्म गर्मी बढदै गएपनि नवलले मज्जाले नुहाउन सक्नुभएको छैन् । डेरामा रहेको चापाकल बिहानैदेखि सुक्न थालेका कारणले आधा बाल्टिन नुहाउनु परेको गुनासो गर्नुहुदै उहाँले भन्नुभयो,‘पानीको यस्तो समस्या भएको छ कि आधा बाल्टिन पानी भर्न पनि आधा घण्टा लाग्छ ।’

यसक्षेत्रमा भुमिगत पानीको सतह घटदै गएको कारणले अहिले चापाकल बन्द हुने समस्या धेरैको छ । चुरे विनासको कारणले यसक्षेत्रमा पानीको सतह घटदै गएको हो । त्यसैगरी जथाभावी रुखहरु कटान हुनु, पानी नपर्नु कारणले पनि यसक्षेत्रमा भुमिगत जलहरु रिचार्ज हुन नसकि पानीको संकट बढेको हो । यही वडाका मुकेश पासमानले आफुहरुको मोहल्लामा पनि पानीको संकट बढदै गएको बताउनुहुदै साँझ र बिहान चापाकलमा आउने पानीले केही राहत भेटेको बताउनुभयो । उहाँले बिहान र बेलुका पानी आएपनि त्यसको लागि धेरै मेहनत गर्नुपरिरहेको बताउनुभयो ।

जलेश्वर नगरपालिका वडानं. ४ सुगाका गृहिणी किरण देवीले जति दिन चढदै जान्छ पानी सुक्दै जाने गरेको बताउनुहुदै बिहानै नै घरमा रहेको सम्पूर्ण भाँडोहरुमा पानी भरेर राख्ने गरेको गुनासो सुनाइन । पानी पनि परेको छैन् र चापाकल पनि सुक्दै गएकोले पानीको समस्या भएको उहाँले बताउनुभयो । यसक्षेत्रमा १५० फिटसम्म रहेका चापाकलहरु दिन चढदै गएपछि विस्तारै सुक्दै जाने गरेको देखिएको छ । जलेश्वरका नविनले एकातर्फ चापाकल चल्दैनन् अर्को तर्फ जलेश्वरमा बनिरहेको बाटोको कारणले खानेपानको पाइप फुटेको बताउनुहुदै गर्मीले हैरान नै पारेको दुखेसो पोख्नुभयो ।

मनरासिश्वा नगरपालिका वडानं. १ बस्ने रोशन मण्डलले चापाकलबाट पानी कम आउने समस्याको कारणले आफुहरुलाई पानीको समस्या भएको बताउनुभयो । पानी परेपछि समस्या रहँदैन् तर गर्मी लागेपछि चापाकलमा पानी कम आउने र सुक्ने गरेको बताउनुभयो । जिल्ला समन्वय समिति महोत्तरीका प्रवक्ता सुदिपकुमार झाले चुरेक्षेत्रलाई संरक्षण नगरेसम्म पानीको यस्तै समस्या भोग्नुपर्ने बताउनुहुदै आफुहरु चुरेको संरक्षणको लागि नदि उत्खननलाई रोक्ने प्रयास गरिरहेको बताउनुभयो । यसक्षेत्रमा पानीको रिचार्जको लागि समेत कुनै प्रभावकारी माध्यम नहुँदा समस्या देखिएको बताउनुहुदै उहाँले यसको लागि रुख रोप्न तथा पानीको रिचार्जको लागि पोखरीहरु बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

जिल्लाको उत्तरवर्ती क्षेत्रमा समेत पानीको समस्या बढदै गएको हो । सो क्षेत्रमा रहेको इनारहरु पनि सुक्दै गएका छन् । जसका कारणले उनीहरुलाई टाढा टाढाबाट पानी ल्याउनुपर्ने वाध्यता रहेको छ । बर्दिबास नगरपालिका वडानं. १ गाल्टारका रामबहादुर पाख्रीनले विजुली नभएपछि आफुहरु ५ किलोमिटर टाढाबाट पानी ल्याउने गरेको बताउदै पानीको समस्या गर्मीमा बढी हुने गरेको गुनासो गर्नुभयो ।

PURBELI TV

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…