महिलालाई हेप्ने गरि सार्वजनिक सवारीमा सायरी लेख्न नपाइने

बुटवल / प्रदेश पाँचमा महिला, बालिबालिका तथा सीमान्तकृत समुदायको मानमर्दन र अपहेलनाको संकेत समेत हुने गरी सायरी, कविता, गजल, तथा मुक्तकहरू राख्न नपाइने भएको छ । प्रदेश ५ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर प्रसाद खरेलको संयोजकत्वमा गठित समितिको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले यातायातका साधनमा लेखिएका यस्ता साहित्य हटाउन निर्देशन दिएका हुन् ।

महिलाको अपमान हुने गरी यातायातका साधनमा लेखिएका यस्ता साहित्यले महिला हिंसालाई बढावा दिएको भन्दै महिला अधिकारकर्मीले पहिलेदेखि नै हटाउन माग गर्दै आएका थिए। सडकमा कुदिरहने सार्वजनिक यातायातका साधनमा गाली र अश्लिल शब्दहरू लेखिने गरे पनि यसअघि त्यसलाई हटाउने पहल भएको थिएन।

यस्तै, समितिको बैठकमा दसैंलाई लक्षित गरी भारतीय सीमानाका कपिलवस्तुको कृष्णनगर र रुपन्देहीको बेलहियामा सवारीसाधनको रुट र समयको बारेमा जानकारी गराउने उद्देश्यले तालिकासहितको सूचना पार्टी राखिएको जानकारी गराइएको थियो।

तपाईको प्रतिक्रिया

Loading…