महिलालाई बेहोस बनाएर बलात्कार गर्ने पक्राउ

बुटवल / महिलालाई बेहोस बनाएर जबर्जस्ती करणी गरेको आरोपमा बुटवलबाट प्रहरीले एकजना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल २ पाखापानीमा रहेको जंगलमा लगेर प्युठानकी २४ वर्षीय एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही देवदह–३ बसन्तपुरका देविलाल खनाललाई पक्राउ गरेको हो । उनले ती महिलालाई नसालु पदार्थ खुवाएर बेहोस बनाएर जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…