महायज्ञमा रु दुई करोड ६१ लाखबराबरको आम्दानी

पाल्पाको पूर्वखोला गाउँपालिकाको रिङ्नेरहमा रहेको पूर्वखोला उद्धबुद्ध माध्यमिक विद्यालय तथा कलेजको शैक्षिक गुणस्तर वृद्धिका निम्ति सञ्चालित महायज्ञमा रु दुई करोड ६१ लाखबराबरको आम्दानी भएको छ ।गत वैशाख ९ देखि १५ गतेसम्म आयोजना भएको महायज्ञमा उठेको जिन्सी तथा नगद गरी रु दुई करोड ६१ लाख ८९ हजार २८४ बराबरको आम्दानी र रु २२ लाख ९७ हजार ७८० खर्च भएको महायज्ञ आर्थिक समिति सदस्य शिवलाल अधिकारीले जानकारी दिनुभयो ।

पूर्वखोला गाउँपालिका वडा नं ३ का अध्यक्ष नीलकण्ठ भट्टराईले महायज्ञबाट उठेको रकम विद्यालयको शैक्षिक तथा भौतिक विकासमा खर्च गर्न सुझाब दिनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया