मदिरामा लठ्ठ इटहरीका प्राध्यापक राजन भट्टराईद्वारा महिला प्राध्यापकमाथि यस्ताे हर्कत (अडियाे सहित)

दुव्र्यवहारकाे आराेप माफीमा टुङ्गियाे

इटहरी / इटहरीकाे एक क्यम्पसका प्राध्यापक बिच बुधबार भएकाे फोन संवादकाे बिषयले इटहरी चर्चामा छ । एक पुरूष प्रध्यापकले महिला प्राध्यापकलाइ रातकाे समयमा फोन गरेर अश्लील शब्द प्रयोग गरेको घटना मिडियामा बाहिरिएकाे थियाे । प्राध्यापक राजन भट्टराईले मदिरामा लठ्ठ भएर अश्लील शब्द प्रयोग गरी दुव्र्यवहार गरेकाे महिला प्राध्यापक कृष्णकला राईले आराेप लगाएकी छन् ।

यसभन्दा अगाडि पनि एकपटक मदिरा सेवन गरेर भट्टराईले राती कल गर्ने गरेका थिए । त्यतिबेला आँफूले सामान्य रुपमा लिएको भएपनि अहिले मदिरा सेवन गरेर आँफूमाथि दुव्र्यवहार गरेकाे राईले गुनासो गरेकी छन् ।

यसरी घटना बाहिर आएपछि भट्टराईले गल्ती गरेको स्वीकार गर्दै माफी मागेका छन् । क्याम्पसका अध्यक्ष, प्रमुख, पदाधिकारी, विद्यार्थी प्रतिनिधि लगायत बसेको बैठकमा उनले माफी मागेका हुन् । उनले आँफूले गल्ती गरेको स्वीकार गर्दै आगामी दिनमा सो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाउँदै माफी मागेका छन् ।

तपाईको प्रतिक्रिया