मंगलबारे अस्पताल प्रकरण : मुख्यमन्त्री शेरधन राईकाे पुत्ला दहन

मुख्यमन्त्रीले अस्पतालकाे नाममा राजनीति गरेकाे आरोप

उर्लाबारी । प्रदेश १ सरकारले मोरङको उर्लाबारीस्थित मंगलबारे अस्पताल स्त्तरोन्नित गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टररको नाम प्रस्ताव गरेपछि आन्दोलनरत स्थानीयहरूले मुख्यमन्त्री शेरधन राईकाे पुत्ला दहन गरेका छन् । प्रदेश सरकारले अघि सारेको प्रस्ताव फिर्ता गनै माग गर्दै प्रदेश नं. १ का मुख्य मन्त्रि शेरधन राईको पुत्ला दहन गरेका हुन् ।

प्रदेश सरकार मन्त्रिपरिषदले उर्लाबारी नगर अस्पताल रहेको मंगलबारे अस्पताललाई बिशेषज्ञ चिकित्सक र त्यसका लागि आवश्यक उपकरण सहितको प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको थियो । सो निर्णयको बिरोधमा स्थानिय आज साताै दिन पनि आन्दोलित बनिरहेका छन् ।

प्रदेश सरकारले मदन भण्डारी ट्रमा सेन्टर प्रस्ताव गरे पछि मंगलबारे अस्पतालको बोड हटाए पनि स्थानियले फेरी मंगलबारे अस्पतालको बोड नै लगाएका छन । प्रदेश सरकारले प्रस्ताव फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने आन्दोलन समितिले बताएको छ । अस्पतालको सय मिटर दुरीमा मदन भण्डारीको नाममा मदन भण्डारी स्मृती प्रतिष्ठान नेपाल रहेको छ भने प्रतिष्ठानले टेक्नीकल कलेज संचालन गर्दै आएको छ ।

स्थानीयहरूका अनुसार प्रदेश सरकारले मंगलबारे अस्पताल स्त्तरोन्नित गर्ने भन्ने बारे आफुहरुको आपत्ति नभएको तर २०४९ सालमा स्थापना भएको अस्पतालको नाम परिर्वतन प्रती आपत्ती रहेको बताउँछन। स्थानिय स्थानीय अगुवा रोहित कार्कीका अनुसार  मंगलबारे हाम्रो पहिचान हो, यस क्षेत्रलाइ प्रतिनिधित्त्व गर्ने नाम परिबर्तन गर्नुहुन्न ।

याे पनि पढ्नुहाेस

उर्लाबारीस्थित मंगलबारे अस्पतालको नाम परिबर्तन भएपछि स्थानीय असन्तुष्ट

तपाईको प्रतिक्रिया