भोजपुरमा विप्लव कार्यकर्तासँगको भीडन्तमा मारिएका प्रहरीलाई शहीद घोषणा

भोजपुर। नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच गोली हानाहान हुँदा मारिएका प्रहरीलाई सरकारले शहीद घोषणा गरेको छ । गत असार २५ गते भोजपुरको हटियामा नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच गोली हानाहान हुँदा प्रहरी जवान सञ्जीव राई मारिएका थिए । सरकारले मृतकको परिवारलाई राहत स्वरुप १० लाख उपलब्ध गराउने गत भदौ २२ गते बसेको मन्त्रिपरिषदको निर्णय रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…