भोजपुरमा वहुविवाह गर्ने जोडी पक्राउ

भोजपुर / वहुविवाहको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले रामप्रसाद राई गाउँपालिका –२ धोद्लेखानीबाट २३ वर्षीय लाल बहादुर दर्जी र कान्छी श्रीमती हतुवागढी गाउँपालिका –२ कि निर्मला दर्जीलाई पक्राउ गरेको हो ।उनीहरुलाई लाल बहादुरकी जेठी श्रीमती प्रमीलाको उजुरी पछि पक्राउ गरिएको हो । विवाहा पछि वडामा मिलाउनका लागि छलफल गरिएकोमा नमीलेपछि प्रहरीमा उजुरी परेको थियो । लाल बहादुरले २०६९ सालमा जेठी श्रीमती प्रमिला संग विवाह गरेका थिए ।जेठी पटि एक जना सन्तान पनि रहेका छन् ।उनीहलाई जिल्ला अदालत भोजपुरबाट म्याद थप गरि अनुसन्धान सुरु गरेकोे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…