भोजपुरमा मोटरसाइकलले ठक्कर दिदा एक जना गम्भिर घाइते

भोजपुर / भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर –१ नेपालेडाँडामा मोटरसाइकलले ठक्कर दिदा एक जना घाइते भएका छन् । घाइते हुनेमा सोहि वडाका ५६ वर्षीय गौरी प्रसाद राई रहनु भएको छ ।

राईलाई सोमबार साँझ ६ः३० बजे बसीराखेको ठाउँमा को १० प ८१९५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट घाइते राईको तुम्लीङटार स्थीत मनकामना अस्पतालमा उपचारपछि थप उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको इलाका प्रहरी कार्यालय दिंलाले जानकारी दिइएको छ । ठक्कर दिने मोटरसाइकललाई प्रहरी चौकी कुदाकाउलको नियन्त्रणमा राखिएको छ भने चालक पर्शुराम गौतम घाइतेसंगै गएकाे बताइएकाेछ ।

तपाईको प्रतिक्रिया

Loading…