भोजपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाईते

भोजपुर / भोजपुर अरुण गाऊपालिका ४ छेम्ताङ स्थितमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु र १ जना घाईते भएका छन् । सोमबार बेलुका ६ बजे धरानबाट भोजपुर तर्फ जादै गरेको ना ३ ख ३२० नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना भएकाे हाे ।

सडकको भित्तामा ट्रक जोतिएर दुर्घटना हुँदा ट्रकमा सवार ट्रकका धनि मोरङ पथरीशनिश्चरे ८ का ४३ बर्षीय भेष बहादुर बस्नेतको घटनास्थलमानै मृत्यु भएको थियो, भने ट्रक चालक भोजपुर अरुण गाऊपालिका ६ जरायोटार का २० बर्षीय जनक बहादुर खड्का गम्भिर घाईते भएका छन् । घाईते उनकाे धरान घोपामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया