भेरीमा डुबेर मजदुरको मृत्यु

सुर्खेत २९ फागुन / पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको राकम नजिकै भेरी नदीमा डुबेर एक जना मजदुरको मृत्यु भएको छ । आज बिहानको समयमा सडकको काम गरेर दिउँसो १२ बजे भेरी नदीमा नुहाउन जाँदा उनको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिका वडा नं ४ विद्यापुरका २० वर्षीय खगेन्द्र बयक रहेको इलाका प्रहरी कार्यालय बादेपिपल राकमले जनाएको छ ।

खाना खाएर १२ बजेतिर भेरी नदीमा नुहाउन गएका वयक नदीमा डबेर अचेत अवस्थामा फेला परेका थिए ।  उनलाई थप उपचारका लागि मेहेलकुना अस्पतालमा लगिएको थियो । मृतक वयक पूर्वी सुर्खेतको राकम सडकमा मजदुरी गर्न आएका थिए ।

तपाईको प्रतिक्रिया