भारततर्फ लादै गर्दा गिट्टी सहित ट्याक्टर बरामद

इनरुवा । नेपालबाट भारततर्फ लादै गरेको अवस्थामा प्रहरीले गिट्टी सहित ट्याक्टर बरामद गरेको छ । ट्याक्टरमा गिट्टी लोड गरी भारततर्फ लादै गर्दा प्रहरीले सुनसरीको कोशी गाउँपालीका ७ स्थित मुसहरी टोलबाट नम्बर नभएको ट्याक्टर बरामद गरिएको प्रहरी नायब निरीक्षक अवधलाल साह सोनार ले जानकारी दिए ।

हरिपुर र श्रीपुर नाका हुँदै नेपाल बाट भारततर्फ ट्याक्टरमा गिट्टी बालुवाको तस्करी हुने गरेको सूचनाका आधारमा ति क्षेत्रमा प्रहरीले निगरानी बढाएपछि गिट्टी सहित ट्याक्टर बरामद गरिएको सोनारले बताए । नेपाल भन्दा भारतमा बढी मुल्यमा बिक्रीवितरण हुने भएकोले यताबाट भारततर्फ गिट्टी बालुवाको तस्करी हुने गरेको सोनारको भनाइ छ । ट्याक्टर चालक भारत जिल्ला सुपौल बीरपुर ४ बस्ने रामप्रवेश गुप्ता सीमा प्रहरी चौकी भाण्टावारीको नियन्त्रणमा रहेको छ ।

बरामद गरिएको ट्याक्टर सहित गिट्टीको २ लाख मूल्यांकन गरि आवश्यक कार्वाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्द कोशी ब्यारेजमा बुझाएको जनाएको छ ।

Subscribe PURBELI TV

Loading…

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सुनसरीको भाण्टावारीमा अनियन्त्रित भई बस पल्टिँदा ७ जना घाइते

भारततर्फ लादै गर्दा गिट्टी सहित ट्याक्टर बरामद

श्रीमतीद्वारा २६ वर्षीय श्रीमानको हत्या, छोराछोरी सहित श्रीमती फरार

घुरको आगो निभाउने क्रममा सुनसरीमा बालिका गम्भीर घाइते

सिराहा बाट बिराटनगर आउदै गरेको बसले किचेर पानी बेच्ने बालकको मृत्यु

सशस्त्र प्रहरीद्वारा भन्सार छलेको अवैध सामान बरामद

आगलागी पीडित परिवारलाई २५ हजारका दरले राहत वितरण

सुनसरीमा गोलि चल्यो एकजना घाइते (तस्विरहरू सहित)

सुनसरीकाे कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट, नियन्त्रण प्रयास जारी ( १३ तस्विरहरू)

कोशी टप्पुमा गोलि हानी ५ वटा चौपाया मारिए

तपाईको प्रतिक्रिया

Loading…

Loading…