भारततर्फ लग्दै गरेको ठुलो परिणामको मदिरा बरामद

इनरुवा । सुनसरीको कोशी गाउँपालीका ८ भाण्टावारीबाट सशस्त्र प्रहरीले ठुलो परिणामको मदिरा बरामद गरेको छ ।नेपालबाट भारततर्फ Br 38 D 7571 नम्बरको बोलेरोमा लाग्दै गरेको मदिरा बिओपी सशस्त्र भाण्टावारीका इन्चार्ज गोकर्णराज भट्टराई नेतृत्वको गस्ती टोलिले बरामद गरेको हो ।

दसगजा क्षेत्र हुँदा भारततर्फ लाग्दै गर्दा गस्ती टोलिले उमंग मदिरा ४९ कार्टुन २४ हजार ५ सय सहित भारतीय १५ लाख मुल्य बराबरको बोलेरो नियन्त्रणमा लिई सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज बुझाएको बिओपी भाण्टावारीले जनाएको छ । गस्ती टोलिलाई देखेपछि बोलेरो चालक गाडी छाडेर भागेका थिए ।

भारतीय नम्बरको बोलेरो सहित बरामद मदिराको भन्सार मुल्य १५ लाख २४ हजार ५ सय मुल्यांकन गरिएको बिओपी भाण्टावारीका इन्चार्ज गोकर्णराज भट्टराईले जानकारी दिए ।

भारतको बिहार राज्यमा त्यहाँका राज्य सरकारले मदिरा पुर्ण रूपमा प्रतिबन्ध लगाएपछि पछिल्लो एक वर्षयता सुनसरीको विभिन्न सीमावर्ती क्षेत्र हुँदै नेपालबाट भारततर्फ मदिराको तस्करी हुँदै आएको सीमावर्ती क्षेत्रका स्थानीयहरु बताउँछन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया