ब्राउसुगरसहित दुई जना पक्राउ

झापा / झापाको विर्तामोड नगरपालिका–५ बाट लागुऔषध ब्राउसुगरसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो १ः०० बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । पक्राउपर्नेमा विर्तामोड–४ का २८ वर्षीयद्वय पवन चौधरी र महेश गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट पाँच ग्राम ब्राउनसुगर बरामद गरिएको प्रमुख कोइरालाले बताउनुभयो । लागुऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…