बेलबारी प्लाष्टिक झोला मुक्त नगर घोषणा

बेलबारी / बेलबारी नगरपालिकालाई बुधबारबाट प्लाष्टिकमुत्त नगरका रुपमा घोषणा गरिएको छ । नगरपालिकामा आयोजित कार्यक्रममा मेयर ज्ञानेन्द्र सुवेदी,उपमेयर तारा पराजुली, प्रमुख प्रशासकिय अधिकृत प्रदिप कुमार शाहले डसविनमा प्लाष्टिकका झोला हाल्दै नगरपालिकालाई प्लाष्टिकको झोला मुक्त नगर घोषणा गरेका हुन । सफा र स्वच्छ नगरको परिकल्पना गर्नका लागि प्लाष्टिक झोला मुक्त नगर घोषणा गरिएको मेयर सुवेदीले बताए ।

विश्व वातावरण दिवसको अवसर पारेर नगरपालिकाले प्लाष्टिकका झोला नगर क्षेत्रबाट विस्थापित गरिएको समेत बताएको छ । नगरपालिका क्षेत्रमा प्लाष्टिकको झोेला किनबेच गर्न पाइँदैन नगरपालिकाका प्रबत्ता समेत रहेका योगेन्द्र सुवेदीले भने हामिले यस अघिनै प्लाष्टिकको खोलहरु समेत किनिदिएका छाँै । प्रत्येक वडामा नगरपालिकाले नगरवासीलाई प्लाष्टिकका झोलाका बेफाइदाहरुका वारेमा जानकारी गराएपछि झोला मुक्त नगर घोषणा गरिएको समेत उनले बताए ।

नगरपालिकाले वडामा सरसफाई गर्दै झोला मुक्त नगर घोषणा गरेको हो । “प्लाष्टिक होईन विकल्प खोजौ, प्रदुषण होईन स्वच्छता रोजौ” भन्ने नारा नै दिएर नगरपालिकाले प्लाष्टिक झोला प्रतिबन्ध लगाउन विभिन्न कार्यक्रम पश्चात घोषणा नै गरेको हो । प्लाष्टिक मुक्त नगर घोषणा गर्नका लागि नगरपालिकाले २०७५ चैत्र १० गते देखि नै कार्यालय परिसरमा वोतलको पानी प्रयोगमा प्रतिबन्ध लगाइ सकेको थियो । अब देखि प्लाष्टिकका झोलाहरु किनबेच गरेको पाइएमा तत्काल कारबाही गरिने समेत नगरपालिकाले जनाएको छ ।

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

हरित नगरी र बेलको शहर बन्दै बेलबारी

बेलबारी प्लाष्टिक झोला मुक्त नगर घोषणा

बेलबारीमा पहिलोपटक आदिबासी जनजातिको संस्कार र संस्कृति प्रर्दशनी ( तस्विरहरु सहित)

सुकुना क्याम्पसमा काँग्रेस र नेकपाको शत्ति प्रर्दशन, बिद्यार्थीको भविश्य कता ?

प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर

हिँउदे अधिबेशनले तोक्ला त प्रदेश १ को नाम र राजधानी ?

आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

आदिबासी जनजातिमा सुचिकृत गर्न कुलुङ जातिको माग

यसकारण पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाँउमा उपर्युक्त

भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

तपाईको प्रतिक्रिया

Loading…