बेलबारी नगरपालिकाको नाममा दोलखाको रिसोर्टबाट उधारो बिल तिर्न पत्र

बेलबारी / बेलबारी नगरपालिकाको नाममा देशका बिभिन्न स्थानमा रहेका होटल तथा रिसोर्टबाट धमाधम उधारो बिल भुत्तानीका लागि बिल सहितको पत्र आउन थालेको छ ।बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित बिभिन्न वडाका वडाध्यक्ष समेत सहभागी १० जनाको टोलीले दोलखा जिल्लाको कुरी भिलेजस्थित मिराकल भ्यू रिसोर्टमा २०७७ चैत्र २१ गतेका दिन रिसोर्ट बसेको सहित खाएको गरेर १ रातको ७० हजार ६० रुपैयाको बिल भुत्तानीका लागि रिसोर्टले ०७५ नम्बरको बिल सहित पत्र बेलबारी नगरपालिकालाई पठाएको छ ।

बिलमा १० जना सहभागी भएको भ्रमणमा १८ वटा कोठा बुक भएको देखिन्छ । यस बिषयमा बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाह सँग सम्पर्क गर्दा उनले ७ दिनको भ्रमण भएपनि भ्रमण लम्बिएर १० दिनको भएका कारण रकम अपुग भएपछि बिल नतरिेको र आज वा भोलिमा बिल तिर्ने प्रतिक्रिया दिए ।

उनले भ्रमणका क्रममा श्याम पाण्डे लगायतका ठेकेदारहरु समेत पाहुनाका रुपमा सहभागी भएपछि बढी कोठा बुक भएको बताए । यो भ्रमण नगरपालिकाको नै भएका कारण केही ब्यत्तिहरुले पुर्बाग्रह राखेर बदनाम गर्न अहिले यो प्रपञ्च रचेको उनले बताए । यतिका महिनासम्म होटलबाट किन बिल आएन र तिरिएन भन्ने प्रश्नमा उनले होटलबाट बिल केही दिनअघि मात्र आएको कारण नतिरेको बताए ।

तपाईको प्रतिक्रिया