बेलबारी नगरको बाख्राकाण्ड, चौतर्फी बिरोध

बेलबारी / मोरङको बेलबारी नगरपालिकाले अष्टे«लियाबाट ल्याएर किसानहरुलाई शनिबार बोयर जातको बाख्रा भन्दै बितरण गर्यो । कोरोनाको महामारीकैबीच नगरपालिकाले कृषक समूह तथा ब्यावसायिक फर्महरुलाई उन्नत जातका बाख्रापालनबाट किसानलाई लाभ दिलाउने उद्देश्यले ५२ ओटा पाठा र ३८ पाठी बितरण गरिएपछि सो काण्ड सामाजिक सञ्जालमा छताछुल्ल भएको छ ।

बाख्रा बितरणको फोटो र जानकारी (बेलबारी मेयर ज्ञानेन्द्र सुवेदीको सचिवालय) नामको फेसबुक पेजमा समेत आयो । त्यसपछि सामाजिक सञ्जालमा छताछुल्ल भयो बाख्रा काण्ड, बेलबारी नगरपालिकाले शनिबार अष्ट्रेलियाबाट चार्टर गरी ल्याएर बितरण गरिएको भनिएको बोयर जातका बाख्रा सक्कली नभएको,आसेपासे,नातागोता,आफन्तलाई बितरण गरिएको र आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचना शुरु भएको छ ।

बाख्राहरु अष्ट्रेलियाबाट नभई पश्चिम नेपालका बिभिन्न जिल्लाबाटै ल्याईएको,बोयर जातका बाख्राहरु त्यस्तो नहुने, यसमा नीतिगत रुपमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा नगरबासीहरुले प्रतिक्रिया जनाईरहेका छन । बाख्रा बितरण आसेपासे र नजिकका मानिसहरुलाई बितरण भएको र असली किसानले नपाएको भन्दै नगरपालिकाको चर्को आलोचना शुरु भएको छ ।

नगरपालिकाले बिभिन्न सञ्चार माध्यायमहरुलाई उपलब्ध गराएको समाचारमा भने बोयर जातका बाख्रा अष्ट्रेलियाबाच चार्टर गरी ल्याईएको र किसानहरुलाई बितरण गरिएको र किसानहरु बाख्रा पाएपछि खुसी भएको जनाईएको छ ।

बोयर जातको बाख्रा बितरण गर्दा नगरकार्यपालिका,उपमेयर लगायत कसैसँग पनि सल्लाह नगरी बाख्रा बितरण गरेको पाईएको छ ।
बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुलीले आफुलाई यो बिषयमा थाह नभएको र बिना सल्लाह यस्तो काम भएकोमा आपत्ति जनाएकी छिन । उनले आफनै घर अगाडीबाट ट्रकमा बाख्रा राखेर दौडिएको देख्दा खोजी गर्ने क्रममा मात्र बाख्रा बितरण भएको थाह पाएको बताएकी छिन ।

उनले अहिलेसम्म बाख्रा बितरणको बारेमा कुनै निर्णयमा आफु सहभागी नभएको समेत बताईन । उनले तत्काल अनुगमन गरी खरिद प्रक्रिया गलत भएमा र बोयर जातको बाख्रा नभएको पाईएमा भुत्तानी रोक्ने समेत बताईन । उनले एकतर्फी र मनोमानी गरिएको निर्णय आफुलाई स्वीका नहुने समेत बताएकी छिन ।

तपाईको प्रतिक्रिया