बेलबारीमा लकडाउन उल्लंघन गर्ने १ सय बढी सवारी नियन्त्रण

बेलबारी / मोरङको ईलाका प्रहरी कार्यलय बेलबारीले बुधबार बिहान लकडाउन उल्लंघन गरेको आरोपमा १ सय बढी मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि मंगलबारबाट सरकारले शुरु गरेको लकडाउनको दोस्रो दिन नियम उल्लंघन गर्दै मोटरासईकल कुदाउनेहरुलाई नियन्त्रणमा लिई सम्भाएर पठाएको र सवारी साधन नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर गुणराज बुढाथोकीले जानकारी दिएका छन ।

पहिलो दिनको तुलनामा दोस्रो दिन सडकमा कम सवारी देखिएका छन भने बजार समेत सुनसान देखिएको उनले बताए । लकडाउन उल्लंघन गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने समेत उनले बताए ।

तपाईको प्रतिक्रिया