बेलबारीमा पहिलोपटक आदिबासी जनजातिको संस्कार र संस्कृति प्रर्दशनी ( तस्विरहरु सहित)


बेलबारी । मोरङको बेलबारीमा आदिबासी जनजातिको मौलिक संस्कार संस्कृतिको प्रर्बद्धन गर्ने उद्धेश्यका साथ नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारीको आयोजनामा ३ दिने प्रर्दशनी बुधबार उदघाटन गरिएको छ ।

बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले एक कार्यक्रमका बिच सो प्रर्दशनी उदघाटन गरेका हुन । कार्यक्रमका बत्ताहरुले यो कार्यक्रम अत्यन्तै फलदायी रहेको र यस्ता कार्यक्रमहरु आबश्यक रहेको बताए । कार्यक्रममा नगरप्रमुख सुवेदीले सबै जातजातिका स्टलहरुको अबलोकन गर्नुका साथै जानकारी समेत लिएका थिए । कार्यक्रम शुरु हुनुअघि सबै जातजातिका साँस्कृतिक झाँकी समेत प्रर्दशन गरिएको थियो ।

यहि बैशाख २७ गतेसम्म ३ दिन सञ्चालन हुने प्रर्दशनी नेपाल तमु बुद्धिष्ट गुम्बा बेलबारी १ मा शुरु भएको कार्यक्रममा बिभिन्न १६ वटा जातजातिका स्टलहरु प्रर्दशनीमा राखिएका छन । सबै स्टलहरुमा बेलबारीमा सुचिकृत आदिबासी जनताजिका जन्म देखि मृत्यु सम्मका सम्पुर्ण संस्कार र संस्कृतिहरु सहित प्रत्येक जातिका खानाहरु समेत राखिएको छ ।

कार्यक्रमको दोस्रो दिन चर्चित हाँस्यकलाकार उमेश राई (फुलन्देको आमा ) लगायतको प्रस्तुति रहने छ । साथमा अन्य राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति र जातिय सांस्कृतिक प्रस्तुति रहने छ । शास्त्र हराए संस्कृति हराउँछ,संस्कृति हराए संस्कार हराउँछ,संस्कार हराए जाति हराउँछ भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक कुमार बोखिमले बताए ।

हराउँदै गएको सँस्कृतिको संरक्षण र जातिय पहिचानका लागी यो कार्यक्रम आबश्यक भएको कारण आयोजना गरिएको आदिबासी जनजाति महासंघ नगर समन्वय परिषदका अध्यक्ष तिलक राईले बताए । प्रर्दशनीमा बेलबारी नगरपालिकामा रहेका १६ वटा जातिय संस्थाका ३२ वटा स्टल रहेको र ती स्टलहरुमा हरेक जातिका खानाका परिकार देखि जन्मदेखि मृत्युसम्मको संस्कारमा प्रयोग गरिने सामाग्रीहरु राखिने नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारीका सचिब मनकुमार गुरुङले बताएका छन ।

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

हरित नगरी र बेलको शहर बन्दै बेलबारी

बेलबारी प्लाष्टिक झोला मुक्त नगर घोषणा

बेलबारीमा पहिलोपटक आदिबासी जनजातिको संस्कार र संस्कृति प्रर्दशनी ( तस्विरहरु सहित)

सुकुना क्याम्पसमा काँग्रेस र नेकपाको शत्ति प्रर्दशन, बिद्यार्थीको भविश्य कता ?

प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर

हिँउदे अधिबेशनले तोक्ला त प्रदेश १ को नाम र राजधानी ?

आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

आदिबासी जनजातिमा सुचिकृत गर्न कुलुङ जातिको माग

यसकारण पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाँउमा उपर्युक्त

भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

तपाईको प्रतिक्रिया

Loading…