बेलबारीमा ट्रयाक्टर दुर्घटना: एकको घट्नास्थलमा मृत्यू

बेलबारी । मोरङको बेलबारीमा ट्रयाक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । बेलबारी देखी कसेनितर्फ गइरहेको को २ त ५६९० नम्बरको ट्रयाक्टर ४ नम्बर वडा कार्यालयको इमानसिङ चोक छेउमा दुर्घटना हुदाँ चालक दिलिप चौधरीको घट्नास्थलमा नै मृत्यु भएको  हो ।

तिब्र गतिमा कुदेको उत्त ट्रयाक्टर घुमाउरो बाटोमा बिजुलीको पोलमा ठोकिदा चौधरीको मृत्यू भएको अस्थाई ट्राफिक पोष्ट बेलबारीका प्रहरी सहायक निरिक्षक लिला श्रेष्ठले जानकारी दिएका छन । सहचालक सन्दीप चौधरी भने सामान्य घाईते रहेको श्रेष्ठले बताए ।

Purbeli TV

तपाईको प्रतिक्रिया