बेलबारीमा “आर्ट हव” र कार्यशाला

बेलबारी । मोरङको बेलबारीमा नाट्य संस्कृति ,हाम्रो कार्ययोजना र तपाईको सहभागिता बिषयक कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।
लेट्स इन्टरटेन्मेण्टको आयोजनामा बेलबारी ३ स्थित लालीगुराँस साकोसको सभाहलमा सम्पन्न कार्यक्रममा आयोजकका तर्फबाट बिकास बुढाथोकी,सागर सुबेदी,केदारनाथ दुलाल लगायतले बिषय प्रबेश गराएका थिए भने सोमनाथ खनालले कार्यक्रमको औचित्य प्रष्टयाएका थिए ।
अघिल्लो बर्ष लेट्स इन्टरटेन्मेण्टको आयोजनामा भएको पुर्बाञ्चल नाटययात्राका बारेमा समेत कार्यक्रममा जानकारी गराईयो । खनालले यहि पुष १८ देखि माघ २ सम्म दोस्रो पुर्बाञ्चल नाटययात्रा हुने र पुष्कर समसेरको कथा परिबन्दमा आधारित नाटक सर्जमिन प्रर्दशन गरिने समेत उनले बताए ।

नाटययात्राका क्रममा २२ वटा बन्द शो रहनेछन भने ८ हजार दर्शकहरुले नाटक हेर्ने आयोजकको लक्ष्य रहेको छ । सोही क्रममा पुष १८ देखि २७ गतेसम्म बेलबारीमा अभिनय कार्यशाला समेत हुने छ । कार्यशालामा सहभागी कलाकारहरुले समेत नाटक मञ्चन गर्नेछन । नाटकयात्राका क्रममा २८ लाख ७५ हजार ५ सय खर्च हुने समेत खनालले बताए ।

कार्यक्रममा खनालले बेलबारीमा एउटा “आर्ट हव” को स्थापना गरिने समेत घोषणा गरेका छन । कार्यक्रममा आर्ट हवको स्थापना,सम्भावना र चुनौतिका बिषयमा समेत छलफल गरिएको छ । बेलबारीका स्थायी बासिन्दा खनाल पछिल्लो समय मण्डला थिएटरमा आबद्ध छन । उनी अभिनय र लेखनमा समेत सक्रिय रहेका छन ।

निर्धारित समयमा कार्यक्रम

निर्धारित समयभन्दा घटिमा पनि एक घण्टा ढिला कार्यक्रम शुरु गर्ने हाम्रो संस्कार नै भै सकेको छ । यदि कार्यक्रममा निर्धारित समयमा पुगियो भने काम नभएको मान्छेको टया्ग पाईएला भन्ने डर हुन्छ । निर्धारित समयमा कार्यक्रम शुरु नहुँदा कतिपय समयको ख्याल गर्ने मानिसहरु कार्यक्रममा उपस्थित नै नभएको पनि उदाहरणहरु छन ।

लेट्स इन्टरटेन्मेण्टले पनि कार्यक्रममा उपस्थित हुन पठाएको पत्रमा कार्यक्रम निर्धारित समयमा नै शुरु हुने कुरा समेत उल्लेख गरेको थियो । अझ तल नोटमा कार्यक्रममा ५ मिनेट अगाडी उपस्थित भईदिन आग्रह गरेको थियो । कार्यक्रम आयोजना भएको सभाहलमा १० मिनेट अघि पुग्दा आयोजक उपस्थित भईसकेका थिए । कार्यक्रम हलको उत्तरतर्फ पुर्बसाँसद तथा साहित्यकार हर्कमान तामाङ उपस्थित भईसकेका थिए । कार्यक्रम शुरु हुनुभन्दा एक मिनेट अघिसम्म अरुको अत्तोपत्तो थिएन ।

निर्धारित समय ११ बजे साहित्यकार इरान राई कार्यक्रम हलमा प्रबेश गरे । त्यसपछि स्थानीय केही युवाहरु बाहेक कार्यक्रम शुरु भएको १० मिनेट सम्म कोही अतिथि उपस्थित भएनन । १५ मिनेटमा कार्यक्रमले औपचारिकताको रुप लियो । थोरै सहभागी भएपनि कार्यक्रम निर्धारित समयमा नै शुरु भयो । लगभग कार्यक्रमको अन्तिम समयमा हल पुर्ण रुपमा भरियो । कार्यक्रममा अतिथिहरु निर्धारित रुपमा उपस्थित नभएपनि कार्यक्रममा आयोजकले समयको ख्याल गरेर निर्धारित समयमा कार्यक्रम सम्पन्न गरेकोमा केही सहभागीले खुसी ब्यत्त गरे ।

तपाईको प्रतिक्रिया

×