बेलबारीकी एक महिलामाथि बलात्कारको प्रयास,गाँउलेको दवावपछि पिडितका ससुरा बिस्थापित

बेलबारी / मोरङको बेलबारी १० भाउन्नेकी २१ बर्षिया एक महिलामाथि स्थानीय एक युवाले जबरजस्ती बलात्कारको प्रयास गरी फरार भएका छन् । श्रीमान बैदेशिक रोजगारीका क्रममा साउदीमा रहेको र ११ महिनाको छोरा सहित घरमै पसल गर्दै आएकी ती महिलामाथि जेठ १३ गते बेलुका पसलमा चटपटे र चुरोट खाना आएका स्थानीय गोपाल निरौलाले जबरजस्ती बलात्कारको प्रयास गरेको पिडित महिलाले बताईन ।

ती महिलाले चटपटे र चुरोट दिएर आफु खाना पकाउन भित्र छिरेपछि भित्रै आएर पछाडीबाट गुप्तांगमा समातेको र किस गर भन्दै जबरजस्ती गरेपछि आफुले गुहार माग्दै माथिल्लो तलामा चढेर बचेको पुर्वेली न्यूजलाइ बताईन ।

घटनापछि ती युवक फरार रहेका छन । तर घटना मिलाउनुपर्छ भन्दै स्थानीय केही ब्यत्तिहरु दैनिक घरमा आएर रकम समेत बार्गेनिंग गरिरहेको पिडितका ससुरा बताउँछन् । दबाब दिनेमा स्थानीय गाँउलेदेखि बेलबारी नगरपालिकाको एकजना कार्यपालिका सदस्य समेत रहेकी छिन् । उनीहरुले २० हजारदेखि ५० हजार सम्म दिने तर घटना मिलाउनुपर्ने भन्दै दबाब दिईरहेका छन् ।

गाँउलेको दवाव बढेपछि पिडितका ससुरा भने गाँउबाट बिस्थापित भएर बेलबारी बस्न थालेका छन् । उनीहरुले घटना भएकै साँझ ईलाका प्रहरी कार्यलय बेलबारीमा उजुरी गरेपनि घटनामा संलग्न युवा भने पक्राउ पर्न सकेका छैन ।

तपाईको प्रतिक्रिया