बेलबारीका पत्रकार सहित २७ जनाको पिसिआर परिक्षण

बेलबारी / बेलबारी सक्रिय पत्रकारहरु सहित २७ जनाको आईतबार पिसिआर परिक्षण गरिएको छ । बेलबारी नगरपालिकाले उनीहरुको परिक्षण गराएको हो ।

यसअघि शुक्रबार बेलबारीका ६ जना सुरक्षाकर्मी,मालपोत कार्यलय,बिद्युत प्राधिकरणका कर्मचारीहरुको समेत पिसिआर परिक्षण गरिएको थियो । बेलबारीको बास्तविक अबस्था बुझनका लागि फ्रन्टलाईनमा काम गरिरहेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर परिक्षण गरिएको बेलबारी नगरपालिका कोभिड १९ ब्यबस्थापन उपसमितिका संयोजक स्वास्थ्य सहायक सन्तोष बिकले बताए ।
यसपछि बेलबारीका स्वास्थ्यकर्मी र कर्मचारीहरुको समेत परिक्षण गराउने तयारी भईरहेको उनले बताए । बेलबारीमा हालसम्म ६ जनामा कोरोना संक्रमण देखिएकोमा ४ जना उपचारपछि घर फर्किएका छन भने २ जनाको सामान्य अबस्थामा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया